• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती

मंगलवार नेप्से कारोबार रकममा पनि गिरावट



काठमाडौं । मंगलवार नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक मंगलवार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएपनि कारोबार रकम ३ महिना यताकै उच्च भएको थियो । सोमवार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार, अन्य, लगानी र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
मंगलवार नेप्से परिसूचक ओरालो लागे पनि दुईवटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र ङादी गु्रप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, घलेम्दी हाइड्रोपावरका शेयरमूल्य ६.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ३० करोडभन्दा बढी कारोबार गरेर सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । अरुण काबेली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।