४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

बालबालिकामा विभिन्न किसिमका क्यान्सर
अ+ अ-

काठमाडौँ । नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।

कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा। अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताउनुभयो । उहाँले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गौला, मांसपेशीलगायतमा क्यान्सर हुने देखिएको बताउनुभयो ।

डा पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरु देखिनु, गालामा ट्युमर देखिनुलगायत क्यान्सरका लक्षणहरु भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिनुभयो । डा. पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई तीन वर्ष र बालिकालाई दुई वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गर्नुभयो ।काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा। आशिषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव छ भन्नुभयोे । “बैलैमा रोगको जाँच र निदान भएमा बाल क्यान्सर पूर्ण रुपमा निको हुन्छ,” उहाँले जोड दिनुुभयो।

डाक्टर श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धुम्रपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रूणमा देखा परेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको देखिन्छ भन्नुभयो । उहाँले क्यान्सर भएका बालबालिकाका अभिभावकामा जनचेतना फैलाउन नसक्दा यसको उपचारमा कमी आएको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरु पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।उहाँले काठमाडौँ महानगरवासीलाई स्वास्थ्य राख्न यस्ता सामाजिक संस्थासँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ एचका डिष्ट्रिक गभर्नर दिनेशप्रसाद श्रेष्ठले बालबालिकामा हुने क्यान्सरलाई समयमा पहिचान गर्न सके उपचार सम्भव छ भन्नुभयोे ।

सोही संस्थाका बाल्यअवस्थाको क्यान्सर सचेतना कार्यक्रमका संयोजक विकासमान सिंहले नेपालमा बाल क्यान्सरको अवस्था भयावह रहेको तर उपचारका लागि निकै कम मात्रामा स्वास्थ्य संस्थामा पुग्ने गरेको र पुगेकाहरुमध्ये पनि ३० प्रतिशतले मात्र उपचारमा निरन्तरता दिने गरेको बताउनुभयो ।लायन्स क्लब अफ इन्टरनेशनलले स्वास्थ्य, वातावरण, प्राकृतिक विपत्ति रोकथाम, पौष्टिक आहार, गरिब तथा विपन्नलाई खाद्य सामग्री वितरण, हैजाबारे जनचेतनालगायत विभिन्न क्षेत्रमा जुलाई १ देखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिनुभयो ।