२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

कोरोना विरुद्धको लडाइमा चीनको भूमिका प्रशंसनीय

कोरोना विरुद्धको लडाइमा चीनको भूमिका प्रशंसनीय
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना नियन्त्रण, उपचार र कोरोना विरुद्धको खोप व्यवस्थापनमा मित्रराष्ट्र चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित 'आर्थिक विकासका लागि राजनीतिक दलहरुको सुदृढ सहकार्य' विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामाग्री,  उपचार र खोप अनुदान तथा खरिदमा चीनको भूमिका महत्पूर्ण र प्रशंसनीय रहेको बताउनुभएको हो।

दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकका राजनीतिक दलका नेता, संसद र सरकारका प्रमुख तथा प्रतिनिधि सहभागी कार्यक्रममा बोल्दै उहाँले कोभिड महामारिको त्रासदीले विश्वकै अर्थतन्त्रलाई मात्रै नभई व्यक्तिगत, सामाजिक, सामाजिक, राजनीतिक र आर्थिक सम्बन्धलाई समेत असर पारेको बताउनुभयो।

"विश्वको कुनै पनि देश एक्लैले मात्रै यति ठूलो महामारीको सामना गर्न नसक्ने तथ्यलाई आत्मसाथ गरेर आज हामी मित्रराष्ट्रहरुको सहकार्यमा कोभिड भाइरसविरुद्ध लडाइँ लडिरहेका छौं," उहाँले भन्नुभयो, "कोरोना बिरुद्धको लडाइमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। कोरोना फैलावट रोक्न, उपचार गर्न तथा कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वव्यापी छ।"

अध्यक्ष तिमिल्सिनाले महामारीको समयमा राष्ट्रपति सी चिनफिङको सवल नेतृत्वले चीन विश्वको उदाउँदो शक्तिका रुपमा स्थापित गरेको धारणा राख्नुभयो। कोरोना महामारी दोस्रो  वेभको प्रारम्भमा आइपरेको भयाभह सङ्कटका बेला चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डका कारण  हजारौं नेपालीले पुनर्जीवन पाएको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद दिनुभयो। 

"नेपालमा कोरोना भाइरस देखापरेको शुरुवाती दिनबाछटै चीन लगायतका मित्रराष्ट्रहरुले आईसीयू, भेन्टिलेटर, स्वास्थ्य सामाग्री उपलब्ध गराएका कारण हामीले महामारी धेरै हदसम्म नियन्त्रणमा राख्नसकेका हौं, उहाँले भन्नुभयो, "हालसम्म ५४ लाख २५ हजारभन्दा बढी नेपालीले पहिलो मात्रा र ४६ लाख ६७ हजारले पूर्ण खोप पाएका छन्। यसका लागि चीनलगायत सबै सहयोगी मित्रराष्ट्रप्रति आभार व्यक्त गर्दछु।"

अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन सम्बन्ध दुई सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा पनि उत्तिकै आत्मिय रहेको बताउनुभयो। उहाँले नेपालमा बेलाबखत भइरहने सरकार परिवर्तनले मित्रराष्ट्रको आपासी सम्बन्धमा कुनै असर नपर्ने विश्वास व्यक्त गर्नुभयो।

"राष्ट्रपति सीले अगाडी बढाउनुभएको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले पनि हस्ताक्षर गरेर साथ दिएको छ," उहाँले भन्नुभयो, "कोभिडका कारण यसको कार्यन्वयनमा केही ढिलाइ भएपनि यथासम्भव अगाडी बढाउनुपर्छ।"

सो क्रममा उहाँले दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकहरुबीच भौगोलिक निकटता मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध पनि उत्तिकै प्रगाड भएकाले आपासी सहकार्य परिहार्य रहेको बताउनुभयो।