२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

डाक्टरको रिसोर्ट त्रिशूली नदीको किनारमा

डाक्टरको रिसोर्ट  त्रिशूली नदीको किनारमा
अ अ+ अ-

चितवन । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो । 

रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुङ्गै ढुङ्गाले बनेको कलात्मक छ । पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ । पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी विषेशज्ञ डा प्रमोदप्रसाद लामिछानेले रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । पाँच वर्षअघि च्यारिटी अस्पताल खोल्ने उद्देश्यले खरिद गरिएको जग्गामा अत्याधुनिक रिसोर्ट बनाइएको हो । 

भरतपुरमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका सञ्चालक लामिछाने र उहाँकी श्रीमती डा विष्णुमाया खरेल लामिछानेले रिसोर्ट निर्माण सुरु गर्नुभएको हो । डेढ वर्षअघि खरेलको क्यान्सरबाट निधन भएको छ । उहाँको जन्मदिन पारेर उहाँहरुका छोरा प्रतीकले आज रिसोर्टको उद्घाटन गर्नुभएको हो । लामिछानेको भनाइमा रिसोर्टको आम्दानीको एउटा हिस्सा स्व खरेलको नाममा अक्षयकोष बनाएर अपाङ्ग बालबालिकाको हाडजोर्नी उपचारमा खर्च गरिनेछ । दन्तरोग विशेषज्ञ रहनुभएकी स्व खरेलको परिकल्पनाको रिसोर्ट भएकाले डा लामिछाने यसको आम्दानीलाई समाज सेवामा लगाउने योजनामा हुनुहुन्छ । 

रिसोर्टमा १५ वटा भिल्ला रहेका छन् । ती भिल्लामा २२ वटा कोठा छन् । ती कोठा आगामी असोज १ गतेबाट सञ्चालनमा आउने छन् । क्रमशः कोठा थप गर्दै लगिने उहाँको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ७५ कोठाको अनुमति लिइएको छ । एउटा छुट्टै प्रेसिडेन्सियल भिल्ला रहेको छ । सो भिल्लामा स्वीमिङ पुलसहित आवश्यक सुविधा छन् । महँगो रकम तिर्न सक्ने ग्राहकलाई लक्षित गरी यो भिल्ला बनाइएको हो । रिसोर्टभित्र तारा आकारको सानो, गीतार आकारको मझौला र कलाकौशलले भरिएको ठूलो गरी तीनवटा स्वीमिङ पुल रहेका छन् । ती स्वीमिङ पुलमा पहाडबाट झरेको प्राकृतिक पानीको प्रयोग गरिएको छ । यहाँ गर्मी मौसममा पनि शीतलता प्राप्त गर्न सकिने उहाँ बताउनुहुन्छ । एक हजार जना अट्ने ठूलो सभाहलसँगै ५० र १०० जना अट्ने सभाकक्ष रहेको लामिछानेले जानकारी दिनुभयो ।

 रिसोर्ट परिसरमा ठाउँठाउँमा काठका कलात्मक पुल बनाएर आकर्षक बनाइएको छ । रिसोर्टमा चीनबाट झिकाइएका सेरामिक धातुका सिंह, गाड, युवती, बत्ती राखेर सझाइएको छ । रेष्टुरेण्टमा कलात्मक काठभित्र झुमर बालिएको छ । रिसोर्टमै पूर्वी एशिया झल्काउने चाइना हाउस निर्माण गरिएको छ । लामिछानेले रिसोर्टमा ढुङ्गासँगै अधिकतम काठ, खडाइ, खरको प्रयोग गर्नुभएको छ । रु २० करोडभन्दा बढी लगानी भइसकेको यस रिसोर्टमा थप लगानीको तयारीमा उहाँ हुुनुहुन्छ । लामिछानेले भन्नुभयो, “यो बुटिक रिसोर्ट हो । तपार्इँ जे हेर्नुहुन्छ अनौठो र आनन्द लाग्छ ।” अध्ययन अनुसन्धान गर्नेहरुलाई शान्त वातावरणमा लामो समय बस्नका लागि रिसोर्ट उपयुक्त हुने उहाँको भनाइ छ । रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा, अमलालगायत रुख रहेका छन् । 

रिसोर्टको आडैमा आफ्नो पुख्र्यौली घर लमजुङको राइनास क्षेत्रमा हुने पहाडी शैलीको कलात्मक घर निर्माण गरिएको छ । पछिल्ला दिनमा तस्बिर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नेले यो घरलाई भाइरल बनाएको जनाएका छन् । सो घर पनि पाहुना बस्न मिल्ने गरी बनाइएको छ । यो रिसोर्ट भरतपुरको रामनगरबाट दुई किलोमिटरको दूरीमा रहेको छ । रिसोर्टमा हाल ३५ जना कर्मचारी रहेका छन् । तीमध्ये १० जना चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको टाइगर टप्स होटलका कर्मचारी छन् । उनीहरु भएकैले बेलायती पर्यटकले घुम्न आउने चासो देखाएको लामिछानेको भनाइ छ । 

आन्तरिक र बाह्य पर्यटकलाई पानीमा, वनमा हुने गतिविधिका अतिरिक्त चितवन राष्ट्रिय निकुञ्ज घुमाउने गरी प्याकेज बनाउन लागिएको छ । हाल रिसोर्ट बनाइएको ठाउँमा विसं २०६५ अघि लभ्ली रिसोर्ट थियो । पानीका गतिविधिका धेरै सिनेमा यहाँ  छायाङ्कन गरिएका थिए । त्यतिबेला धेरै विदेशी पर्यटक आउने गर्दथे ।