• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा ★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

म्याग्दीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



गलेश्वर । म्याग्दीमा सोमबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताउँदै खेलाडीहरुले अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्र्याकमा एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार, चार गुणा एक सय र चार गुणा चार सय मिटर खेल हुनेछ ।

प्रतियोगिताको पहिलो दिन मार्सल आर्टको उसु, तेक्वान्दो, कराते खेल सकिएको छ । मार्सल आर्ट विधाका तीन खेलबाट १८ स्वर्णपदकको टुङ्गो लागिसकेको छ । एथलेटिक्स, कबड्डी र भलिबल खेल जारी छ ।