९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै

आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै
अ अ+ अ-

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर खेलिनेछ। आजको पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशालामा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा लखनउ सुपरजाइन्ट्स (एलएसजी) ले कोलकाता नाइट राइडर्स (केकेआर)सँग खेल्नेछ । भारत रत्न श्री अटल बिहारी वाजपेयी (इकाना) स्टेडियम, लखनउमा हुन लागेको खेल बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ।

पञ्जाब र चेन्नई यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । अन्तिम खेलमा पञ्जाब ७ विकेटले विजयी भएको थियो । दुवै टीम आज सिजनको ११ औं खेल खेल्दैछन् । चेन्नई १० मध्ये ५ जित निकालेर १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पञ्जाब १० मध्ये ४ जितेर ८ अंकसहित सातौं स्थानमा छ।

यस्तै, लखनऊ–कोलकाता पनि यस सिजनमा आज दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा कोलकाता ८ विकेटले विजयी भएको थियो । यो दुवै टोलीको ११औँ खेल हुनेछ । अन्तिम १० मध्ये ६ जित निकाल्दै १२ अंकसहित एलएसजी तालिकाको तेस्रो स्थानमा छ । जबकि केकेआर १० मध्ये ७ जित निकालेर १४ अंकसहित दोस्रो स्थानमा छ ।