• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

म्याग्दीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



गलेश्वर । म्याग्दीमा सोमबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताउँदै खेलाडीहरुले अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्र्याकमा एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार, चार गुणा एक सय र चार गुणा चार सय मिटर खेल हुनेछ ।

प्रतियोगिताको पहिलो दिन मार्सल आर्टको उसु, तेक्वान्दो, कराते खेल सकिएको छ । मार्सल आर्ट विधाका तीन खेलबाट १८ स्वर्णपदकको टुङ्गो लागिसकेको छ । एथलेटिक्स, कबड्डी र भलिबल खेल जारी छ ।