७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिवले भने- ‘अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको मिलेमतो छ’



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेट निर्माणमा देखिएको अर्थमन्त्री जनार्दन शर्माको बदमासीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो भएको आरोप लगाएका छन् ।

करको दर हेरफेर गर्न अनधिकृत मानिसलाई बोलाउने र त्यसको सिसिटिभी फुटेज नष्ट गर्ने अर्थमन्त्रीको बचाउमा प्रधानमन्त्री स्वयं लागेकाले अर्थमन्त्रीले गरेको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो भएको उनले बताए ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “नत्र प्रधानमन्त्रीले छनबिन गरी कारबाही गर्नुपर्छ ।” उनले बजेट प्रकरणमा कांग्रेसकै सांसद पनि मुछिएकाले पनि प्रधानमन्त्री हच्किएको बताए ।

एमालेलाई सरकारबाट विस्थापित गर्दा मुलुकको स्थिति दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले वर्तमान गठबन्धन सरकार पूर्ण असफल भएको जिकिर गरे । उनले अहिले अर्थतन्त्र डामाडोल भएको, मूल्यवृद्धि अत्यधिक भएको पूँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको बताए ।

महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई लक्षित गर्दै नेपाली कांग्रेससँग लागेकाहरु कम्युनिष्ट शक्ति हुन नसक्ने टिप्पणी गरे । मुलुकमा एमाले मात्र बामपन्थी शक्ति रहेको उनको भनाइ थियो ।