१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप बस दुर्घटना अपडेटः हालसम्म ९ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा हालसम्म ९ जनाको मृत्यु भएको छ । बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना परेको र हालसम्म प्रहरीले ९ जनाको मृत्यु भएको पुष्टि  गरेको छ ।

रामेछापबाट काठामाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज मंगलबार बिहान दुर्घटनामा परेको हो ।

रामेछाप जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा धेरैको ज्यान भएको अनुमान छ । अहिलेसम्म ९ जनाको घटनास्थलमै मृत्यु भएको समाचार छ । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

अहिले उद्धार कार्य जारी छ । दुर्घटनामा गम्भीर घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । बसमा सवार २५ घाइतेलाई अहिले धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।