२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य
अ अ+ अ-

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पार्नुभएको छ  । 

प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताउनुभएको हो  । 

यस अगावैको मन्त्रालयमा विभिन्न क्षेत्र समावेश गरी मन्त्रालय स्थापना भएको हुँदा स्वास्थ्य क्षेत्रको मात्र काम गर्न स्वास्थ्य मन्त्रालय आवश्यक देखिएको उहाँको भनाइ थियो । सोही कार्यक्रममा मुख्यमन्त्री शाक्यले प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आवश्यकतानुसार प्रदेशका  १३ वटै जिल्लामा पठाउन निर्देशन दिनुभयो  । प्रतिष्ठानले गरेको काम जनमुखी र सेवामुखी रहेको बताउँदै कोभिड १९ मात्र नभई स्वास्थ्य क्षेत्रको अन्य सेवामा प्रयोग गर्न सकिने भएकाले प्राप्त सहयोग सामग्री दुरुपयोग नगरी सदुपयोग गर्न उहाँले निर्देशन दिनुभयो  । 

त्यस्तै, सो कार्यक्रममा नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले कोभिड–१९ को आगामी सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले आवश्यक तयारी थाल्ने जानकारी दिनुभयो । प्रतिष्ठानले सात प्रदेशमा करिब रु आठ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको हो । 

बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री  हस्तान्तरण गरिएको छ  । विसं २००७ का प्रजातान्त्रिक योद्धा प्रतिमान चन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिष्ठानले प्रदेशका मुख्यमन्त्री शाक्यको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो  । 

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोभिड उपचारमा सघाउ पुग्ने विविध स्वास्थ्य सामग्रीसहित अन्य स्वास्थ्य सेवाको बेलामा प्रयोग हुनेगरी मन्त्रालयलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले गाउन दुई हजार ४०० थान, फेससिल्ड दुई हजार ३३२ वटा, एन नाइन्टी–फाइभ मास्क एक हजार ८००, मास्क आठ हजार ४००, थर्मामिटर २० थान, पीपीई २७६ थान, ग्लोब्स एक लाख थान र ११ थरिका स्वास्थ्य सामग्री सहयोग गरिएको थापाले जानकारी दिनुभयो  ।