२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य



अ+ अ-

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पार्नुभएको छ  । 

प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताउनुभएको हो  । 

यस अगावैको मन्त्रालयमा विभिन्न क्षेत्र समावेश गरी मन्त्रालय स्थापना भएको हुँदा स्वास्थ्य क्षेत्रको मात्र काम गर्न स्वास्थ्य मन्त्रालय आवश्यक देखिएको उहाँको भनाइ थियो । सोही कार्यक्रममा मुख्यमन्त्री शाक्यले प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आवश्यकतानुसार प्रदेशका  १३ वटै जिल्लामा पठाउन निर्देशन दिनुभयो  । प्रतिष्ठानले गरेको काम जनमुखी र सेवामुखी रहेको बताउँदै कोभिड १९ मात्र नभई स्वास्थ्य क्षेत्रको अन्य सेवामा प्रयोग गर्न सकिने भएकाले प्राप्त सहयोग सामग्री दुरुपयोग नगरी सदुपयोग गर्न उहाँले निर्देशन दिनुभयो  । 

त्यस्तै, सो कार्यक्रममा नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले कोभिड–१९ को आगामी सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले आवश्यक तयारी थाल्ने जानकारी दिनुभयो । प्रतिष्ठानले सात प्रदेशमा करिब रु आठ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको हो । 

बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री  हस्तान्तरण गरिएको छ  । विसं २००७ का प्रजातान्त्रिक योद्धा प्रतिमान चन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिष्ठानले प्रदेशका मुख्यमन्त्री शाक्यको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो  । 

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोभिड उपचारमा सघाउ पुग्ने विविध स्वास्थ्य सामग्रीसहित अन्य स्वास्थ्य सेवाको बेलामा प्रयोग हुनेगरी मन्त्रालयलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले गाउन दुई हजार ४०० थान, फेससिल्ड दुई हजार ३३२ वटा, एन नाइन्टी–फाइभ मास्क एक हजार ८००, मास्क आठ हजार ४००, थर्मामिटर २० थान, पीपीई २७६ थान, ग्लोब्स एक लाख थान र ११ थरिका स्वास्थ्य सामग्री सहयोग गरिएको थापाले जानकारी दिनुभयो  ।