१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन्ः अध्यक्ष नेपाल

केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन्ः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताउनु भयो । 

नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरेपनि आफूहरुले विरोध गरेर बचाएएको अध्यक्ष नेपालको तर्क थियो । फेरी ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उहाँले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताउनु भयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिनु भयो । ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो । 

अध्यक्ष नेपालले भन्नुभयो,   ‘बामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एउटा गठबन्धन अहिलेसम्म छ । के होला भोलिभन्ने सबैको मनमा कौतुहल चलिरहेको छ । र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, सर्त राखेर । कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ । सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्टयाएर निकाल्नुपर्छ । माधव नेपालसहितको १४ जनालाई सिध्याई दिनुपर्छ । मुन्टयाएर निकालि दिनुपर्छ । कस्तो अपराधपूर्ण चिन्तन ? अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन भने पनि सिध्याउछु भनेर कराउँछन । यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए ? घाडो भईदिए । यस्ता घाडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ । 

नेपाललाई सुरक्षित राख्ने हो भने, नेपालको राजनीतिलाई सही दिशामा लिएर जाने हो भने यस्ता तत्वहरुबाट होशियार रहनुपर्छ । अहिले हामी देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित छौं भने अर्कोतर्फ यो प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेका छौं । यसअर्थमा यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्वलाई हामी पराजित गर्न चाहन्छौं । एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन ? जनताले चिनी सकेका छन् । र, त्यसमा हाम्रो पार्टी एकीकृत समाजवादीले भनि सकेको छ–एमसीसीलाई यथास्थितिमा हामी पास गर्न सक्दैनौं । अव कुरा के हो त ? एमसीसी कहाँकहाँ जोडिएको छ त ? यो इण्डोप्यासेफिक अंग बनाएर आएको छ । यो अंग बनायो कसले ? त्यही बामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदिप ज्ञवालीले गएर नेपाललाई इण्डो प्यासेफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । त्यसपछि नेपाल नेपाल त्यसको अंग बन्यो । 

पछि श्रीलंकाको नाम काटियो । नेपालको नाम रह्यो । जव नेपालमा त्यसको हामीले जोडदार विरोध ग¥यौं । त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ । यो नेपाली जनताको संघर्षबाट भएको हो । केपी ओलीले सिध्याई सकेका थिए, नेपाललाई इण्डो प्यासेफिक अंग बनाउनका लागि । त्यो मान्छेको दिमागमा अहिले पनि झल्झल्ती छ । केपी आएपछि त फेरी सिध्याई दिन्छन । फेरी बनाई दिन्छन । त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन ।’

अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटकपटक दोहोर्याउनु भयो ।