२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोग्य अर्थमन्त्रीलाई फेर्न गुरुराज घिमिरेको प्रधानमन्त्रीसँग माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अयोग्य भइसकेका अर्थमन्त्री जनार्दन शर्मालाई फेर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक ट्विट गर्दै अर्थमन्त्री शर्माको अयोग्यता छताछुल्ल भइसकेको बताएका छन् । गभर्नर निलम्बनमा अर्थमन्त्री शर्माको अयोग्यताको एक दृष्टान्त रहेको भन्दै अहिले सिसिटिभी फुटेज मेटाउनु थप अयोग्यता रहेको बताएका छन् ।

ट्विटमा उनले भनेका छन्, “वर्तमान सरकारका अर्थमन्त्रीको अयोग्यता छताछुल्ल नै छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ।गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो । अहिले आएर सिसिटिभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्साउँछ ।”

नेता घिमिरेले प्रधानमन्त्री देउवालाई अर्थमन्त्री फेर्न माग गर्दै प्रश्न गरेका छन, “के नेपालमा अर्थमन्त्री हुने अरू मान्छे छैनन् रु प्रमले मन्त्री फेर्नु पर्दैन ?”