२५ श्रावण २०८३, सोमबार
,
Latest
गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारी र दुई चार घरानाका लागि बजेट आयो:ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट केही व्यापारी र दुईचार घरानाका लागि ल्याइएको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले सबै मूल्य मान्यता तोडेर आएको बजेट मुलुकका लागि नभई व्यापारी र दुईचार घरानाका लागि आएको र बजेटमा ती घरानाका अनुहार देखिएको बताउनुभयो ।

अनुहार हेरेर निश्चित घरानालाई फाइदा पुग्ने गरी र निश्चित घरानालाई फाइदा नपुग्ने गरी बजेट किन आयो भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यस्तो बजेट बनाउन अर्थमन्त्रालयका लागि कर्मचारीहरुको किन भर परिएन ?”

“केही रणनीतिअनुरुप आउनुपर्ने बजेट बेग्लै उद्देश्यका लागि आएको छ । बदनियत र दुर्नियतका साथ आएको छ । अनधिकृत र बिचौलिया राखेर बनाइएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “सेटिङ गरेर कुन उद्योगका लागि के के योजनाका साथ प्लटिङका साथ आयो ? यसको समुचित जवाफ चाहिन्छ कि चाहिँदैन ? अनि प्रश्न गर्नेलाई धम्काउने ?”

प्रमुख प्रतिपक्षको संवैधानिक हैसियत भएको पार्टीले फुटेज देखाउ भन्दा को हो एमाले भनेर मन्त्रीले ललकारेका भन्दै उहाँले भन्नुभयो, “यसको समुचित जवाफ देऊ र फुटेज देखाऊ भन्दा अनि प्रश्न गर्नेलाई नै धम्काउने ?”

अनधिकृत मान्छेहरु बजेट निर्माणका काममा संलग्न भएको उदाहरण अन्य मुलुकमा भएका छैनन् होला । नेपालमा पहिलो घटना हो भन्दै उहाँले भन्नुभयो, “आर्थिक अनुशासनहिनता र आर्थिक अराजकताको नमूनाका रुपमा आएको यो बजेट अन्तर्राष्ट्रिय जगत्मा योभन्दा लज्जाको विषय अरु के हुनसक्छ ?”

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बजेटका विषयमा सत्य तथ्य छानबिन गर्न एउटा संसदीय छानबिन समिति गठन गर्न र त्यो समितिले निष्पक्ष ढंगले बनाएको प्रतिवेदन संसद्मा प्रस्तुत गर्न माग गर्नुभयो ।




भर्खरै