• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित ★   विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली ★   भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त ★   ‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण ★   भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु ★   हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस ★   सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस– ब्रेन ट्युमर: अवस्था र भावी योजना ★   राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण ★   एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

व्यापारी र दुई चार घरानाका लागि बजेट आयो:ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट केही व्यापारी र दुईचार घरानाका लागि ल्याइएको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले सबै मूल्य मान्यता तोडेर आएको बजेट मुलुकका लागि नभई व्यापारी र दुईचार घरानाका लागि आएको र बजेटमा ती घरानाका अनुहार देखिएको बताउनुभयो ।

अनुहार हेरेर निश्चित घरानालाई फाइदा पुग्ने गरी र निश्चित घरानालाई फाइदा नपुग्ने गरी बजेट किन आयो भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यस्तो बजेट बनाउन अर्थमन्त्रालयका लागि कर्मचारीहरुको किन भर परिएन ?”

“केही रणनीतिअनुरुप आउनुपर्ने बजेट बेग्लै उद्देश्यका लागि आएको छ । बदनियत र दुर्नियतका साथ आएको छ । अनधिकृत र बिचौलिया राखेर बनाइएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “सेटिङ गरेर कुन उद्योगका लागि के के योजनाका साथ प्लटिङका साथ आयो ? यसको समुचित जवाफ चाहिन्छ कि चाहिँदैन ? अनि प्रश्न गर्नेलाई धम्काउने ?”

प्रमुख प्रतिपक्षको संवैधानिक हैसियत भएको पार्टीले फुटेज देखाउ भन्दा को हो एमाले भनेर मन्त्रीले ललकारेका भन्दै उहाँले भन्नुभयो, “यसको समुचित जवाफ देऊ र फुटेज देखाऊ भन्दा अनि प्रश्न गर्नेलाई नै धम्काउने ?”

अनधिकृत मान्छेहरु बजेट निर्माणका काममा संलग्न भएको उदाहरण अन्य मुलुकमा भएका छैनन् होला । नेपालमा पहिलो घटना हो भन्दै उहाँले भन्नुभयो, “आर्थिक अनुशासनहिनता र आर्थिक अराजकताको नमूनाका रुपमा आएको यो बजेट अन्तर्राष्ट्रिय जगत्मा योभन्दा लज्जाको विषय अरु के हुनसक्छ ?”

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बजेटका विषयमा सत्य तथ्य छानबिन गर्न एउटा संसदीय छानबिन समिति गठन गर्न र त्यो समितिले निष्पक्ष ढंगले बनाएको प्रतिवेदन संसद्मा प्रस्तुत गर्न माग गर्नुभयो ।