२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिष्माको बालेनलाई प्रश्न: स्ट्रिट फुड व्यवस्थापनगर्ने कि प्रतिबन्ध ?



अ+ अ-

काठमाडौँ । अहिले काठमाडौँ महानगरपालिकाले स्ट्रिट फुड बेच्न रोक लगाएको छ । हैजाको संक्रमण बढेको भन्दै महानगरपालिकाले चटपटे, पानीपुरी र स्ट्रिट फुडको विक्रीमाथि रोक लगाउँदा महानगरपालिका प्रमुख बालेन साह ओलोचित बन्न पुगेका छन् ।

सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनेपछि अहिले स्ट्रिट फुडको विक्रीलाई लिएर बहस सुरु भएको छ ।

यसै सन्दर्भमा अभिनेत्री करिश्मा मानन्धर पनि स्ट्रिट फुडमाथि रोक लगाउन हुन्छ कि हुँदैन भन्ने बहसमा उत्रिएकी छन् । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ भन्दै उनले मानिसहरुले÷पर्यटकहरुले यसको आनन्द उठाइरहेको देख्न सकिने उल्लेख गरेकी छन् ।

व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने भन्दै उनले प्रश्न गरेकी छन्, “कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?”

यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाई छ भन्दै अभिनेत्री मानन्धरले ऊ अशिक्षित, गरिब, लाचार छ भनेर जे पनि गर्न र भन्न नमिल्ने बताइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्

म पनि काठमाडौ रैथाने बासी हु !
नबुझेको कुरा लेख्दै छु !!

महानगर सफा हुनुपर्छस सहि हो ।
हामीले आफ्ना करोडौं पर्ने जग्गारघर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सहि हो ।

बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो ।
गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरुरु त्यसमा प्रश्न छ ।
गाउँमा स्वास्थ छैन , शिक्षा छैन , बाटो छैन , सिँचाइ छैन,
दैवी प्रकोपमा परेकाहरुको लागि गाँस , बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्नेरु
क्षणिक भावनामा बगेर मायाले
दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन !! समस्याको दुरगामी समाधान कस्ले गर्नेरु
ऊ आफैँले ?

हो ऊ आफैले गर्नुपर्ने अवस्था छ ।
तेसैले उसले काम गर्नुपर्छ ।
यदी ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ ।
ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ रु
जे पनि भन्न मिल्छ ?

ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।
तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन ११
हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो ।
यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ ।
स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ ।

मानिसहरुलेरपर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ ।
व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध तर्फ लाग्ने रुरु
कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने रुरु
त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खाएर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला ११
बाटोमै बेचेको कपडाले तन ढाक्ने जमात पनि त छन होला ?

जो तपाईंको भारी बोक्छ्न् या अन्य काम गर्छन् ।
हामी मध्ये छण्५ प्रतिशत भन्दा बढी सपनाहरू बोकेरै यो शहर छिरेका हुन्छौं र राम्रो अवस्थामा छौँ होला ११
हरेक मानिस गुणस्तरीय जिवनको खोजिमा हुन्छ्न।
सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?

के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआउ भन्न सक्छौँ ?
हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोशिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मेवारी हो ।
हरेक संयन्त्र किन शहरमै केन्द्रित छ ?? किन गाउँ गाउँ पुगेको छैन ?

स्थानीय तहसम्म पुगेको सरकार छ तर किन नागरिकको मनमा शहरको मोह छ ?

स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन उ यो कोचाकोचको जीवन जिउन बाध्य छ रु
गाउँपाखामा सबै सुबिधा उपलब्ध भएको भए त्यहि गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या बिदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला !!
आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ?
उसको आत्मसम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छ ?

ठिक छ यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।