२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको बारेमा फिल्म निर्देशक थापासँग प्रहरीद्वारा सोधपुछ



अ+ अ-

काठमाडौं । करणी गरेको आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ । 

शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ अगाडी बढाएको हो । 

थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको बताइएको छ । 

थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको पत्रकार ऋषि धमलाले जानकारी दिए ।

यता प्रहरीले भने थापासँग जानकारी माग्ने उद्देश्यले कार्यालयमा ल्याइएको बताएको छ ।

नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर जारी गरेको छ ।