२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस निर्वाचन समिति संयोजकले दिए राजीनामा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले विहीबार राजीनामा दिएका छन् ।  

पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँएकाले समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ ।

कांग्रेसले भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।

जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।

उक्त कार्यतालिका अनुसार अधिवेशन गराउने कुरामा पार्टीका नेताहरुबाट सहयोग भन्दा झमेला थप्ने काम भएको निर्वाचन समितिको गुनासो छ ।

महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले दिएको राजीनामा स्वीकृत हुन्छ हुँदैन यकिन छैन । तर नेताहरुको अनावश्यक दबाबका कारणले यसअघि राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।

गत चैत १६ गतेबाट अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोडेका थिए । अधिकारीको ठाउँमा आएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा बुझाएका छन् । काँग्रेस महाधिवेशनमा यसले थप अन्योलता उत्पन्न गराएको छ ।




भर्खरै