२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा कांग्रेसको वडा अधिवेशन हुँदै



अ+ अ-

कैलाली । नेपाली कांग्रेस डडेल्धुरा जिल्लाको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। विवादकाबीच वडा अधिवेशन गर्ने तयारी गरेपछि जिल्ला निर्वाचन समितिको कार्यालयले आज वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।

डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्री पठाइसकिएको जानकारी दिँदै वडा अधिवेशनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए।

 ‘विहान ८ बजेदेखि नै अधिवेशन सुरु भइसकेको  अधिकृत बमले  जानकारी दिए । डडेल्धुराको ५२ वडामा बिहान ८ बजेदेखि मतदाता नामावली प्रकाशित र अन्य काम सुरु गरिएको निर्वाचन अधिकृत बमले बताए ।

यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । ‘अधिवेशन गर्ने र नगर्ने विषयमा दुई समूहबीच विवाद देखिएको छ,’ नेपालले भने, ‘निर्वाचन समितिले अधिवेशन गर्ने निणृय गरेपछि सुरक्षा व्यवस्था कडा पारेका छौँ। सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी बोलाएर खटाएका छौँ।’ जिल्ला सभापति कर्ण मल्ल समूहले अधिवेशन स्थगित भएको  जनाउदै आएको छ भने निर्वाचन समितिले आजै अधिवेशनको पूर्ण तयारी सहित अधिवेशन सुरु भएको बताएका छन् ।