• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो



२० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई फिर्ता गरेर नयाँलाई पठाउने भएको छ । पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।

आइतबार राति नै पार्टीले नयाँ तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको बताइएको छ । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार राई भौतिक पूर्वाधार, यादव वन र सिंह कृषिमन्त्री बन्नुहुनेछ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका राजेन्द्र श्रेष्ठलाई भने जसपाले परिवर्तन नगर्ने भएको छ । पार्टी फुट हुनबाट जोगाउन मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

यसैबीच पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता यादवले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । उनलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट मानिन्छ।