• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार ★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने ★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर ★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो

जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो



२० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई फिर्ता गरेर नयाँलाई पठाउने भएको छ । पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।

आइतबार राति नै पार्टीले नयाँ तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको बताइएको छ । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार राई भौतिक पूर्वाधार, यादव वन र सिंह कृषिमन्त्री बन्नुहुनेछ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका राजेन्द्र श्रेष्ठलाई भने जसपाले परिवर्तन नगर्ने भएको छ । पार्टी फुट हुनबाट जोगाउन मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

यसैबीच पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता यादवले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । उनलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट मानिन्छ।