• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री

जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो



२० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई फिर्ता गरेर नयाँलाई पठाउने भएको छ । पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।

आइतबार राति नै पार्टीले नयाँ तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको बताइएको छ । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार राई भौतिक पूर्वाधार, यादव वन र सिंह कृषिमन्त्री बन्नुहुनेछ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका राजेन्द्र श्रेष्ठलाई भने जसपाले परिवर्तन नगर्ने भएको छ । पार्टी फुट हुनबाट जोगाउन मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

यसैबीच पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता यादवले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । उनलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट मानिन्छ।