• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

सनराइज बैंकले ल्यायो कस्टमाइज फोटो कार्डको सुविधा



काठमाडौं । सनराइज बैंकले कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरी बैंकले नवीनतम् बैंकिङ प्रणाल सुरु गरेको हो ।

आईतबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कस्टमाइज फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रविधिमा कार्डको अग्रभागमा फोटो प्रिन्ट गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेस्ट पठाउन सकिने बैकले जनामएको छ ।