२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ डिआइजीलाई दज्र्यानी चिह्न



अ+ अ-

काठमाडौं । नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उहाँहरूलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

पदोन्नतिपछि दज्र्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा हुनुहुन्छ ।

यसैबीच दज्र्यानी चिह्न पप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै यहाँले अहिले डिआइजी भएकाबाटै अबको नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिस्पर्धा गर्न पदोन्नति भएका अधिकृतलाई निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उहाँले बताउनुभयो ।

अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ मध्य चार महिला हुनुहुन्छ । यही असार ८ गते बढुवा सिफारिस समितिले उहाँहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।