१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गर्नुभएको उच्च–स्तरीय बहसलाई आज यहाँबाट सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो । निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिनुभयो । 

कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जन–केन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताउनुभयो । 

नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उहाँले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो । उहाँले नेपाललाई खोप उपलब्ध गराउने उदार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । 

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गर्नुभएको हो । कार्यक्रममा १२० भन्दा बढी देशका नेताले भाग लिनुभएकोे थियो ।