४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङलाई बराबरीमा रोक्दै आर्मी दोस्रो स्थानमा



अ+ अ-

काठमाडौँ । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा लिगको अन्त्य गरेको छ । 

दशरथ रंगशालामा शनिबार दिउँसो भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दीलाई १–१ को बराबरीमा रोक्दै दोस्रो स्थान पक्का गरेको हो । 

मनाङले सुरुवाती अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

४५ औं मिनेटमा अञ्जन विष्टको गोलमा मनाङले अग्रता लिएको थियो । तर, खेलको ७६ औं मिनेटमा फ्रायन्कलिन कुएटाले आत्मघाती गोल गर्दा खेल बराबरीमा टुंगियो । 

यो नतिजाले मनाङ भने २१ अंकमा सीमित रहेर पाँचौं स्थानमा रह्यो । आर्मीलाई हराएको खण्डमा मनाङ दोस्रो स्थानमा उक्लने निश्चित थियो ।

यसैबीच, शनिबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले पुलिसलाई ३–१ ले हराउँदै २३ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल भयो । एनआरटीको यस जितमा मेसुके ओलोमोउले ह्याट्रिक गरे ।