१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुमा भ्यानको ठक्करबाट बालकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले पैदल हिँडिरहेका आमा छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बल्खु स्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते आमाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनिहरु भारतिय नागरिक रहेको खुलासा भएको छ ।

चालक सहित सवारी साधनलाई प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।