२५ भाद्र २०८३, बिहीबार
,
Latest
मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधिमा सिलवाल



अ+ अ-

काठमाडौं । नेपाल बिधार्थी संघका पूर्व केन्द्रिय सदस्य एबम लमजुङ कांग्रेसका युबा नेता राजन सिलवाल  कांग्रेसको महाधिबेशन प्रतिनिधि उम्मेदवार बन्ने भएका छन । लामजुङको बेसिशहर नगरपालिका वडा नम्बर ११  सर्बसम्मत क्षेत्रीय प्रतिनिधी निर्बाचित भएसगै सिलवाल महाधिबेशन प्रतिनिधी उम्मेद्वार बन्ने भएका हुन ।

२०६२ सालमा नेपाल बिधार्थी संघ निम्स कलेजको इकाइ अध्यक्ष हुँदै सक्रीय राजनितिमा प्रबेश गरेका सिलवाल लामो समय सक्रीय बिधार्थी राजनितिमा रहदै नेपाल नेपाल बिधार्थी संघको केन्द्रिय समितिमा रहेर काम गरी सकेका छन ।

हाल नेपाली कांग्रेसको स्वास्थ्य बिभागको बिज्ञ सदस्य समेत रहेका छन भने  जन स्वास्थ्य संघमा नेपालि कांग्रेस निकट पेशागत समुहबाट केन्द्रिय सदस्य समेत निर्बाचित भएका थिए । युबा नेता सिलवालाले पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठनबाट जनस्वास्थ्यमा एमपिएच गरेका छन भने त्रिभुवन बिश्वबिधालयबाट एमए पुरा गरेर हाल बिधाबारिधी गर्दैछन ।