• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

नेपालमा ओमिक्रोनको नयाँ प्रजाति भेटियो



symbolic photo

काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए पोइन्ट फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा असार १६ गते गरिएको एक जना संक्रमितको जिन सिक्विनिङमा ‘बीए पोइन्ट फाइभ’ भेटिएको हो ।

अफ्रिकामा भेटिएको यो प्रजाति अहिले बेलायत, जर्मनी र अमेरिकामा फैलिएको छ ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यद्यपि, यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

यो प्रजातिको संक्रमणमा अहिले आएका भ्याक्सिनले काम नगर्ने या भ्याक्सिनको प्रभावकारिता नहुने भन्ने अनुमान गरिएको भएपनि ठोस प्रमाण फेला परिसकेको छैन ।

केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार ४४ जना कोरोना संक्रमित थपिएका थिए ।