२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माओवादी केन्द्र सरकार छाडेर सडकमा आउँछ’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्ड निकट प्रभावशाली युवा नेता युवराज दुलालले सरकार छाड्ने बताएका छन् । वागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका नेता दुलालले  एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको बरु सरकार छाडेर सडकमा आउने बताएका हुन् । 

दुलालले विगतमा पनि सभामुख अग्नि सापकोटा र कृष्णवहादुर महरामार्फत प्रचण्डले एमसीसी पारित हुनबाट रोकेको खुलासासमेत गरेका छन् ।  

प्रचण्डसँग सुमारको भेट लगत्तै दुलालले माओवादी नीति उदृत गर्दै भनेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीतिक भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन । बरु सरकार छोडेर सडकमा आउँछ तर एमसीसी पारित गर्दैन ।’

उनले राष्ट्रियताको सवालमा विदेशीसामू नुझुक्ने पार्टीको धारणा रहेको समेत बताएका छन् ।