२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फातिमाले भेटिन् बाबुराम र उपेन्द्र



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुसँग अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले  भेटघाट गरेकी छिन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार साँझ फातिमाले भेटघाट गरेकी हुन् ।

भेटघाटका क्रममा फातिमाले एमसीसीबारे जसपाको आधिकारिक धारणाबारे चासो राखेकी थिइन् ।

छलफलका क्रममा उनीहरुले प्रमुख दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिएको बताइएको छ । 

त्यस्तै बिहान फातिमाले पूर्वप्रधानमन्त्री एवं सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेकी छिन् ।

चारदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी फातिमाले बिहीबार नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन् ।

आज नै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट्दैछिन् ।