२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फातिमाले भेटिन् बाबुराम र उपेन्द्र



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुसँग अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले  भेटघाट गरेकी छिन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार साँझ फातिमाले भेटघाट गरेकी हुन् ।

भेटघाटका क्रममा फातिमाले एमसीसीबारे जसपाको आधिकारिक धारणाबारे चासो राखेकी थिइन् ।

छलफलका क्रममा उनीहरुले प्रमुख दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिएको बताइएको छ । 

त्यस्तै बिहान फातिमाले पूर्वप्रधानमन्त्री एवं सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेकी छिन् ।

चारदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी फातिमाले बिहीबार नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन् ।

आज नै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट्दैछिन् ।




भर्खरै