• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त ★   हिमाली जिल्लाहरुमा छुट्टै आर्थिक वर्ष बनाऔँ: प्रमुख सचेतक शाही ★   न्यूरोडबाट फर्किए महानगर प्रहरी, सडक टाल्ने काम जारी ★   चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ: सांसद गुरुङ ★   अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनु भयो: रघुजी पन्त ★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी ★   संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

माओवादीको केन्द्रीय समितिको बैठकको एजेन्डामा परेन एमसीसी



file photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा आइतबारदेखि सुरु भएको बैठकमा सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङसहितका नौ एजेन्डामा छलफल हुने जनाइएको छ ।

तर एजेन्डामा एमसीसी विषय परेको छैन । संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो । माओवादी केन्द्रभित्र एमसीसीको खुलेर विरोध गर्ने नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

एमसीसी अनुमोदन भएको समयमा नेता श्रेष्ठसहितका नेताहरुले छुट्टै पार्टी बनाउनेबारे छलफल गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनपछि केन्द्रीय समितिको बैठक बोलाएर एमसीसीबारे बहस गर्ने सहमति गरेका थिए ।

साथै छलफलमा एमसीसीमाथि फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्ने सहमति बनेको थियो । तर आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा एमसीसीलाई अलि पछि छलफल गर्ने भन्दै पन्छाएको बताइएको छ ।