• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो

माओवादीको केन्द्रीय समितिको बैठकको एजेन्डामा परेन एमसीसी



file photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा आइतबारदेखि सुरु भएको बैठकमा सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङसहितका नौ एजेन्डामा छलफल हुने जनाइएको छ ।

तर एजेन्डामा एमसीसी विषय परेको छैन । संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो । माओवादी केन्द्रभित्र एमसीसीको खुलेर विरोध गर्ने नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

एमसीसी अनुमोदन भएको समयमा नेता श्रेष्ठसहितका नेताहरुले छुट्टै पार्टी बनाउनेबारे छलफल गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनपछि केन्द्रीय समितिको बैठक बोलाएर एमसीसीबारे बहस गर्ने सहमति गरेका थिए ।

साथै छलफलमा एमसीसीमाथि फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्ने सहमति बनेको थियो । तर आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा एमसीसीलाई अलि पछि छलफल गर्ने भन्दै पन्छाएको बताइएको छ ।