काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिबेशनमा प्रहरी र प्रशासनको दुरुपयोग हुने आशंका गरेका छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा प्रहरीको सुरक्षा घेरा भित्र महाधिबेशन गर्ने तयारी भै रहेको बेला पौडेलले पक्षले यस्तो आशंका गरेको हो ।
पौडेल सहित महामन्त्री डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं के.सी, डा।मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेर सभापति देउवाको ध्यानकर्षण गराएको छ । भेटमा महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।