२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा



प्रतीकात्मक तस्बिर
अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए ।

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् । प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुुभयो ।

प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो । उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताउनुभयो । सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ । इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहनुुभएको थियो । उजुुरी दिएपछि उहाँलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।