११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री आलमको मुद्दामा आज पनि सुनवाइ नहुने



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ । आलमको मुद्दा पेशीमा चढेपनि न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको हो । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम यतिबेला नख्खु कारागारमा छन् ।

रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका आलमको थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले रिट निवेदन दिएका थिए ।

न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा उनको रिट निवेदन परेको हो । बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ ।