२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

माथिल्लो कर्णाली : प्रगति न्यून

माथिल्लो कर्णाली : प्रगति न्यून
अ अ+ अ-

कर्णाली । नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता (पीडीए) मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यहीसेप्टेम्बर १९ मा सात वर्ष पुरा हुँदैछ ।  सम्पन्न हुनु त के प्रर्वद्धक कम्पनी जीएमआरले आयोजना निर्माणका लागि आवश्यकपूर्व तयारीका कामसमेत अझैं टुंग्याएको छैन् । दुई वर्ष भित्र वित्तीय व्यवस्थापन (फाइनान्सियलक्लोजिङ) र बाँकी पाँचवर्ष निर्माण अवधि गरी सात वर्षमा आयोजना पुरा गर्ने सम्झौता भएपनि माथिल्लो कर्णालीको प्रगति भने शून्य छ । 

माथिल्लो कर्णालीबाट विद्युतउत्पादन गर्न सरकारले ग्लोबल टेण्डरमार्फत सन् २००८ मा भारतीय कम्पनी जीएमआरलाई छनौट गरेको थियो । त्यसयता कम्पनीले सर्भे, अध्ययनकै काममा अधिकांश समय बितायो । नेपाल सरकारले पिडिए गरेर आयोजना निर्माणको वातावरण बनाएपनि जीएमआरले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु अझैं पुरा नगर्दा आयोजना अनिश्चित बनेको हो । आयोजना कार्यान्वयन गर्ने निकाय लगानीबोर्डले सन् २०१८ सेप्टेम्बरमा सकिएको जीएमआरको म्यादथप गरेको छैन् । सरकारले पछिल्लोपटक २०७५ असोजसम्म म्यादथप गरेको थियो । 

जीएमआरले विद्युत् खरिद सम्झौता (पिपिए) गर्न सकेको छैन् । जीएमआर अपर कर्णाली जलविद्युत आयोजनाले लगानी बोर्डसमक्ष बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र भारतीय विद्युतव्यापार निगमबीच चार महिनाभित्र हस्ताक्षर गर्ने प्रतिवद्धता जनाएको छ । पिपिएको समय तालिका सहित म्याद थपकालागि निवेदन दिएपनि बोर्डले यसबारे निर्णय गरेको छैन् । 

आयोजनाका  प्रमुख केके शर्माले बंगलादेशमा लकडाउन भएकाले पिपिएको काम प्रभावित भएको बताउनुभयो । “पिपिएमै फोकस भएर काम गरिरहेका छौं, बंगलादेश पिपिएकालागि सहमतभइसकेको छ,” उहाँले भन्नुभयो, कोरोना परिस्थिति सहज भइसकेपछि छिट्टै पिपिए हुन्छ ।” यद्यपि,विशेष र काबु बाहिरको परिस्थितिउत्पन्नभएमा निर्माण अवधि चार वर्ष छमहिनासम्म थप्न सकिने उल्लेख छ । 

प्रवद्र्धक कम्पनीलेआयोजनाप्रभावित क्षेत्रमा निजीजग्गा अधिग्रहण, रुख कटान लगायतकाकाम भइरहेको जनाएको छ । कम्पनीले हालसम्म ४८.५९ हेक्टर निजीजग्गामध्ये १० हेक्टर खरिद गरिसकेको छ । आयोजनाको पिपिए ढिलाइले वित्तीय स्रोत सङ्कलनमा असर परेको छ । कम्पनीले भारतीय विद्युतव्यापार निगमसंग उत्पादित बिजुली बंगलादेश बिक्री गर्न एमओयू गरिसकेको छ । जीएमआरका अनुसार बंगलादेश सरकारले माथिल्लो कर्णालीबाट उत्पादित ९०० मध्ये ५०० मेगावाट विद्युत् आफै डलरमा खरिद गर्नेछ ।

दैलेख, अछाम र सुर्खेतमा पर्ने कर्णाली नदीबाट विद्युत् उत्पादन गरी भारत लैजाने उद्देश्यले माथिल्लो कर्णालीआयोजना अघि बढाउन थालिएको हो । सम्झौताअनुसार आयोजनाबाट नेपाल सरकारले २७ प्रतिशत शेयर तथा १२ प्रतिशत (१०८ मेगावाट) बिजुली निःशुल्क पाउनेछ । रु. ११६ अर्ब लागतखर्च हुने अनुमान गरिएको योआयोजना २५ वर्षपछि सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्नेछ । बाँधस्थल (ड्याम) दैलेख र विद्युतगृह ९पावरहाउस० अछाममा रहनेछन् । दैलेखको डाबमा ड्यामबनाई २.५ मिटर लामो सुरुङमार्फत् १५० मिटर तलखसालेर अछामको बाल्देमा विद्युतउत्पादन गर्ने लक्ष्य छ ।  

निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजनानिर्माणको खाकाबनाइएको छ । सरकारले आयोजनानिर्माणमा सहजीकरण गर्न कर छुट अनुदानलगायतकाथुप्रै सुविधादिएपनिजीएमआरले पिपिए गर्न सकेको छैन् । आयोजना निर्माणका लागि आयात गरिने सिमेन्ट, रड र स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिइने पिडिएमा व्यवस्था छ । काबु बाहिरको परिस्थिति सिर्जना भएमा, कानूनमा परिवर्तन भएमा वा सरकारले दायित्वपुरा नगरी तोकिएको समयभित्रकाम सम्पन्न गर्न नसकी कर छुट नपाउने व्यवस्था आएमा त्यसको सम्पूर्ण क्षतिपूर्ति सरकारले तिर्नुपर्ने पिडिएमा व्यवस्था छ । यहीव्यवस्था कारण जीएमआरसंगको सम्झौता अन्त्य गर्न पनि नेपाल सरकारले उल्टै क्षतिपूर्ति तिर्नुपर्ने अवस्था रहेको जनाउँदै जलस्रोत क्षेत्रकाकतिपय विज्ञले पिडिएप्रति आपत्ति जनाउँदै आएका छन् । 

‘आयोजनाहोल्ड गर्ने नियत’

माथिल्लो कर्णालीआयोजना सरोकार समितिले आयोजना‘होल्ड’ गर्ने नियतले कम्पनीले निर्माणमा चासो नदिएको आरोप लगाएको छ । रुख कटान, जग्गा अधिग्रहण तथामुआब्जावितरण, पुनस्र्थापनातथापुनर्वास लगायतका काममा अनावश्यक ढिलाइ भएको स्थानीय बताउँछन् । प्रभावित क्षेत्र दैलेखको डाबका बासिन्दा जीवन थापाले आफूहरुलाई आयोजना बन्छ भन्नेमा विश्वासलाग्न छाडेको बताउनुभयो । “१३–१४ वर्षदेखि यताकुनै प्रगति छैन्, खालीआयोजना बन्छ भनेर हल्लामात्रहुँदै आएको छ,”उहाँले भन्नुभयो, “यतिथोरै जग्गा अधिग्रहण गर्न नसक्ने कम्पनीले कसरी आयोजनानिर्माण गर्न सक्ला  ”

सरोकार समितिका संयोजक एवं अछाम भैरवस्थानवासी बमबहादुर वीसीले सुबिधा प्राप्त अवस्थामा पनि कम्पनीले आयोजना अघि बढाउन नसक्दा आशंका पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लागतकाहिसाबले यो निकै सस्तो, प्राविधिकहिसाबले निकै उपर्युक्तआयोजनाभएको विभिन्नअध्ययनले पुष्टि गरिसकेको छ, तैपनि जीएमआर अल्झिएको छ।” सरकारले कि त उसको म्यादथप्नु पर्ने कि बिदा गर्नुपर्ने उहाँले भनाइ छ । उहाँले जग्गा अधिग्रहणमा पनि बेवास्ता गरेकाले आयोजना अघि बढ्नेमा आशंका उब्जेको बताउनुभयो । आयोजना अघि नबढ्दा स्थानीयस्तरमा अन्यौलता धेरै बढेको छ । जीएमआरले अझैं ६२२ रोपनीजग्गा अधिग्रहण गर्न बाँकी छ । स्थानीय रहेको स्थानीयको आयोजनाको भविष्य अनिश्चित हुँदा प्रभावित क्षेत्रका स्थानीयले निजी संरचनानिर्माणमा अन्यौलता देखिएको गुनासो  छन् । (रासस, प्रकाश अधिकारी)