
काठमाडौं । नेकपा एमालेका सांसदहरु सोम प्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकिकृत समाजबादीमा आबद्ध हुन पाउ भन्दै सर्वोच्च अदालतमा दायर रिट माथी आज सुनुवाई हुँदैछ ।
दल विभाजनको निवेदन दिने समयमा एमाले तीर नै रहेको तर खनाखत गर्ने समयमा आयोग पुगेका पाण्डे र भट्टलाई आयोगले खनाखत गराएको थिएन । पाण्डे र भट्टलेको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
उहाँहरुले आफूहरूले नेकपा एकिकृत समाजवादीमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेशको माग गर्नुभएको छ ।