२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु
अ अ+ अ-

बैतडी । बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो ।   

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभयो । 

यस्तै सिगास गाउँपालिकाका विद्यालयमा मङ्गलबारदेखि पढाइ सुरु भएको सो गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताउनुभयो । पाटन नगरपालिकामा भदौ २० गते, पञ्चेश्वरमा २१ गतेदेखि तथा शिवनाथ गाउँपालिकामा गत महिनादेखि नै पठनपाठन सुरु भइसकेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । 

जिल्लाका बाँकी पाँच स्थानीय तहका पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । मेलौली र पुर्चौँडी नगरपालिका तथा डिलाशैनी र सुर्नया गाउँपालिकामा यही भदौ २७ गतेदेखि विद्यालय  सञ्चालनमा आउने  बताइएको छ । दोगडाकेदार गाउँपालिकामा पनि विद्यालय सञ्चालनको मिती तय गरिने भएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । हाल जिल्लामा २० सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा सक्रिय सङ्क्रमित शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । (रासस)