• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

ब्यस्त शहरमा मस्त गोधुली साँझ (फोटोफिचर)



राजधानीको विजुलीबजार ।

भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ । त्यही कामको चापले नै होला एक शहरीयाले अर्को शहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि । तर यही ब्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरुमा हसिलो अनुहार देखिने बेला, मठ–मन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ ।

यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ । नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक । आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ ।

हल्का बादल भएको बखत दक्षिणी क्ष्तििज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ । पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ । शहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयनहरु । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ ।

नागदह ।
भैसेपाटीबाट देखिएको दक्षिण अाकाश ।
ठेचोबाट ।
कुपण्डोलबाट बग्दै गरेको वागमती ।
वागमती र सूर्यास्त ।
शंखमुल ।
बानेश्वर ।
किर्तिपुर चोभार ।
नगरकोट ।
ललितपुरको चापागाँउबाट देखिएको सूर्यास्तको बेलाको आकाश ।
राजधानीको विजुलीबजार ।