२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीले यसरी लछार्यो



अ+ अ-

काठमाडौं । काठमाडौंको सडकमा हरियो मकै बेच्नेलाई नगर प्रहरीले लछारपछार पारेको छ ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडियोमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेका हुन्छन् । तर, नगर प्रहरीले उनीहरूमाथि लछारपछार गर्छन् ।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने भनिएको थियो ।

निर्धारित समय र स्थानबाहेक व्यापार गरेको पाइएमा सामानसमेत जफत गरिने महानगरले चेतावनी दिएको थियो ।

https://www.facebook.com/100034747351527/videos/1050504732259781/