• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीले यसरी लछार्यो



काठमाडौं । काठमाडौंको सडकमा हरियो मकै बेच्नेलाई नगर प्रहरीले लछारपछार पारेको छ ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडियोमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेका हुन्छन् । तर, नगर प्रहरीले उनीहरूमाथि लछारपछार गर्छन् ।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने भनिएको थियो ।

निर्धारित समय र स्थानबाहेक व्यापार गरेको पाइएमा सामानसमेत जफत गरिने महानगरले चेतावनी दिएको थियो ।