• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्रचण्डद्वारा स्व. प्रकाश दाहालको शालिक अनावरण



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको ककनीमा स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गरेका छन् ।

दाहालको जन्मजयन्तिका अवसरमा आज शालिक अनावरण गरिएको हो ।

नेपाल पर्वतारोहण संघद्वारा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरिएको हो ।

सगरमाथा आरोहण गरेका स्वर्गीय दाहाललाई पर्वतारोहीको रुपमा सम्मान गर्दै शालिक निर्माण गरिएको संघले जनाएको छ ।

दाहालले २०६९ साल जेठमा सगरमाथाको सफल आरोहण गरेका थिए । प्रचण्डका छोरा प्रकाशको २०७४ सालमा निधन भएको थियो ।