• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बालकोट बैठक आज पनि निष्कर्षबिहीन



फाईल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेका बीचमा केहीबेर अघि एमाले अध्यक्ष केपी ओलीको निवासमा भएको द्धिपक्षीय बैठक आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ । ओली निवास बालकोटमा साँझ बैठकका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गगन थापा, ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेता पुगेका थिए । सो बैठकमा प्रधानमान्त्री देउवा र एमाले अध्यक्ष ओली भने बसेनन् ।

देउवा जाने भनिएको सो बैठकमा अकस्मात देउवा नपुगेपछि बैठकमा ओली पनि बसेका थिएनन् । एमालेबाट भने सुवास नेम्वांग, विष्णु पौडेल, संकर पोखरेल आदि बसेका थिए । आजको बैठकमा पनि हिजोजस्तै दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । केही बेर अघि बैठक सकिएपछि त्यसमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

उनका अनुसार भोलि फेरि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितको बैठक हुने भएको छ । एमसिसी पारित गर्नका लागि आवश्यक पर्ने बहुमत जुटाउन प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग हात बढाएका हुन् । तर अहिलेसम्म सरकारसामु बहुमत भने हात लागिसकेको छैन ।