२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोट्र्याक्ट कलब अफ भिमादबाट दुई विद्यार्थीलाई छात्रवृति प्रदान



अ+ अ-

तनहुँ । रोट्र्याक्ट कलब अफ भिमादका अध्यक्ष दिपेन्द्र भण्डारी बिहीबारदेखि आफ्नो कार्यकालबाट बिदा भएका छन् ।

आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमहरु गर्दै आएका भण्डारीले आफू जिम्मेवारीबाट बाहिरिँदा सामुदायिक विद्यालयमा अध्ययनरत २ विद्यार्थीलाई छात्रवृति प्रदान समेत गरे ।

अध्यक्ष भण्डारीले यस अघिनै घोषणा गरेको २ विद्यार्थी रोट्र्याक्टको दरमियन अभियान अन्तर्गत श्री धर्म माध्यामिक विद्यालयका २ जना विद्यार्थीलाई बिहिवार छात्रवृति प्रदान गरेका हुन् ।

अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा हरेक वर्ष एक विधार्थी मेरो जिम्मेवारी र १ विधार्थी रोट्र्याक्टको जिम्मेवारी भनेर पनि घोषणा गरेका थिए । सोही अनुसार उनले कक्षा ५ का छात्रा भावना राई र कक्षा ७ का छात्र दर्शन खड्‌कालाई एक वर्षभरि विद्यालयमा लाग्ने सम्पूर्ण आन्तरिक शुल्क , पोशाक, शैक्षिक सामग्री र झोला सहित छात्रवृति प्रदान गरेका हुन् ।

कार्याक्रममा अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अति विपन्न विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतुले यस अभियानमा आफू लगाएत क्लब जोडिएको बताए ।

सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रसाद तिम्सिना, विद्यालयका प्रध्यानध्यापक कृष्णराज भण्डारी, विद्यालयका शिक्षक शिक्षिका, विद्यालयका विद्यार्थीहरू साथै यस क्लबका उपाध्यक्ष प्रकाश लम्साल, कोषाध्यक्ष अनिल शर्मा, सीएसडी सुमन रतन, मिडिया कोअर्डीनेटर उज्वल सुवेदी र क्लबका अन्य सदस्यहरू सहभागि थिए ।

विद्यालय व्यवस्थापक सामितिका अध्यक्ष , विद्यालयका प्रधानध्यापक लगायतले सो विद्यालय छनोट गरी छात्रवृति प्रदान गरेकोमा क्लबको प्रशांसा गगरेका थिए ।

कार्यक्रमको सञ्चालन वर्ष २०२२/०२३ का अध्यक्ष विनोद पराजुलीले गरेका थिए ।




भर्खरै