५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई घनश्यामको जवाफ – एमालेमा रोपेको बीउ अब उम्रिदैन, हाइब्रिड चाहिन्छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने बताएका छन् ।

रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।

आजै आयोजित एक कार्यक्रममा प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए ।

भुसालले भने, ‘कमरेड प्रचण्डले आजै एक कार्यक्रममा एमालेमा माओवादीको बीउ रोपेका छौं भन्नु भएछ, त्यो एउटा धारालाई संगठित गर्नको लागि जे भन्नु भएको छ, आजको आवश्यकतालाई बुझ्नु भएन । यी बीउ नउम्रने बीउ हुन् । रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैनन् । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ ।’

यस्तै, एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको चर्चा गर्दै नेता भुसालले भने, “यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौँ ।”