१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा रोपेको बीउ केही समयपछि फल्छ: प्रचण्ड (भिडियोसहित)



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा (एमाले) मा बीउ रोपेर आएको भन्दै अब केही समयपछि फल्ने बताउनुभएको छ ।

बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेसँग तीन वर्ष सँगै रहँदा आफूहरुले एमालेमा बीउ रोपेर आएको बताउनुभयो । उहाँले एमालेभित्रका हजारौँ नेता कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव आफूलाई प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेभित्र हामी माओवादीले बीउ रोपेका छौँ, हेर्दै गर्नुहोला केही समयपछि त्यो बीउ फुल्छ र फल्छ ।”

अध्यक्ष प्रचण्डले एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्वका कारण विद्रोह गर्नुपरेको स्पष्ट पार्नुभयो । सो पार्टीभित्र केपी ओली नभएको भए हजारौँ नेता तथा कार्यकर्तालाई समाजवादीको यात्रामा डोर्याउन सकिने उहाँको भनाइ थियो ।

सो अवसरमा उहाँले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरू ओम पुन र शंकर खड्का लगायतलाई माओवादीमा प्रवेश गराउनुभएको थियो ।