१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमालेमा रोपेको बीउ केही समयपछि फल्छ: प्रचण्ड (भिडियोसहित)

एमालेमा रोपेको बीउ केही समयपछि फल्छ: प्रचण्ड (भिडियोसहित)
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा (एमाले) मा बीउ रोपेर आएको भन्दै अब केही समयपछि फल्ने बताउनुभएको छ ।

बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेसँग तीन वर्ष सँगै रहँदा आफूहरुले एमालेमा बीउ रोपेर आएको बताउनुभयो । उहाँले एमालेभित्रका हजारौँ नेता कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव आफूलाई प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेभित्र हामी माओवादीले बीउ रोपेका छौँ, हेर्दै गर्नुहोला केही समयपछि त्यो बीउ फुल्छ र फल्छ ।”

अध्यक्ष प्रचण्डले एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्वका कारण विद्रोह गर्नुपरेको स्पष्ट पार्नुभयो । सो पार्टीभित्र केपी ओली नभएको भए हजारौँ नेता तथा कार्यकर्तालाई समाजवादीको यात्रामा डोर्याउन सकिने उहाँको भनाइ थियो ।

सो अवसरमा उहाँले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरू ओम पुन र शंकर खड्का लगायतलाई माओवादीमा प्रवेश गराउनुभएको थियो ।