• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया ★   दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा ★   वर्षापछि वायु प्रदूषण घट्दै ★   एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन: काँगेस ★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता ★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो



काठमाडौँ — हिमालयन हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणका लागि आवेदन खुलेको छ । कम्पनीले १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको जनाएको छ ।

अंकित मूल्य १०० का दरले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन दिन सकिने छ ।

आफ्नो बैंक खाता रहेको जुनसुकै शाखा वा सीडीएससीको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ । असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

यस कम्पनीको जलविद्युत् केन्द्र कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको छ । यो ११.८८ मेगावाट क्षमताको आयोजना हो । निर्माण सम्पन्न हुँदा कुल २ अर्ब ६४ करोड ३६ लाख लागत लागेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

लगानी फिर्ता हुने अवधि ९.९४ वर्ष छ । यसको विद्युत् लेखनाथ सबस्टेसनमा जोडिएको छ । २०७७ बाटै विद्युत् उत्पादन सुरु भएको यस कम्पनीको चैत मसान्तसम्म प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ जम्मा ६७ रुपैयाँ ९६ पैसा छ । कम्पनी नोक्सानमा रहेकाले तत्काल प्रतिफल दिन सक्ने अवस्था छैन ।