• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ?

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो



काठमाडौँ — हिमालयन हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणका लागि आवेदन खुलेको छ । कम्पनीले १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको जनाएको छ ।

अंकित मूल्य १०० का दरले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन दिन सकिने छ ।

आफ्नो बैंक खाता रहेको जुनसुकै शाखा वा सीडीएससीको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ । असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

यस कम्पनीको जलविद्युत् केन्द्र कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको छ । यो ११.८८ मेगावाट क्षमताको आयोजना हो । निर्माण सम्पन्न हुँदा कुल २ अर्ब ६४ करोड ३६ लाख लागत लागेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

लगानी फिर्ता हुने अवधि ९.९४ वर्ष छ । यसको विद्युत् लेखनाथ सबस्टेसनमा जोडिएको छ । २०७७ बाटै विद्युत् उत्पादन सुरु भएको यस कम्पनीको चैत मसान्तसम्म प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ जम्मा ६७ रुपैयाँ ९६ पैसा छ । कम्पनी नोक्सानमा रहेकाले तत्काल प्रतिफल दिन सक्ने अवस्था छैन ।