७ श्रावण २०८३, बिहीबार
,
Latest
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज दोस्रो सेमिफाइनल अन्तर्गत स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलको दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुन लागेको हो । यसअघि पहिलो लेग बायर्नको घरेलु मैदानमा भएको थियो जसमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । एग्रिगेटमा दुबै टोली २–२ मा छन् ।

खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बोरुसिया डर्टमण्डको सामना गर्नेछ । डर्टमण्डले गएराति पिएसजीलाई हराउँदै एग्रिगेटमा २–० को नतिजासहित फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल जुन २ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।