• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

बालुवाटारको औषधी गोदाममा लागेको आगो नियन्त्रणमा



काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेको आगो नियन्त्रणमा आएको हो ।

विहान ७ बजेदेखि आगो लागेको थियो भने के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयोग गरिएको थियो ।