२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय परिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद् बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।

सोमवार र मंगलवार काठमाडौंमा बसेको केन्द्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको बताउनु भयो । उहाँले बैठकले किसानहरुलाई सहज तरिकाबाट मल तथा बीउ बीजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको पनि बताउनु भयो । बैठकले महिला तथा बालबालिकाहरुमाथि भइरहेको यौनिक हिंसा तथा सामुहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानूनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाहरुको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभुतिका लागि सरकारसँग माग गरेको छ ।

बैठकले पार्टी पंक्तिलाई पनि सम्भावित विपद् र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गरेकोसमेत प्रचार विभाग प्रमुख खतिवडाले बताउनु भयो । उहाँले भारतले नेपालको सीमाना नजिकै बनाएको बाँधहरुको कारणले नेपालको तराईको भूभाग डुबानको समस्यामा पर्दै आएको भन्दै यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रुपमा पहल गर्न, सुकुम्बासी समस्या समाधानका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समस्या समाधानको पहल गर्न, वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्ने, निजामति सेवालाई व्यवस्थित गर्ने, तथा तीनै तहको सरकारबीचका काम र भुमिकालाई व्यवस्थित गर्ने ऐन, कानूनहरु यथाशीघ्र निर्माण गर्नपनि बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दैनिक उपभोग्य वस्तुको अत्याधिक रुपमा वृद्धि भएको छ । मूल्यवृद्धिल जनताको दैनिक जीवन कष्टकर भइरहेको छ । यस्तो अवस्थामा हालै सरकारले पेट्रोलियम पदार्थमा मूल्य घटाउने गरेको निर्णयलाई सह्राना गर्दै यो बैठक दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ ।

खेतीपातीको समयमा मल तथा बीउको आपूर्तिमा चरम अभाव देखिएको छ । यो बैठक किसानहरुलाई सहज तरिकाबाट मल तथा बीउ बीजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन सरकारलाई आह्वान गर्दछ ।

देशका विभिन्न स्थानहरुमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको यौनिक हिंसा तथा सामुहिक बलात्कारको आपराधिक घटनाप्रति बैठक घोर भत्र्सना गर्दछ । साथै यस्ता जघन्य अपराधका घटनामा संलग्न, अपराधीमाथि कठोर कानूनी कारबाहीको माग गर्दै पीडित महिला तथा बालबालिकाहरुको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभुतिका लागि सरकारसँग माग गर्दछ ।

यसवर्ष अत्याधिक वर्षा हुनसक्ने प्रक्षेपण गरिएको हुनाले प्राकृतिक प्रकोपको न्यूनिकरण, विपद् व्यवस्थापनको पर्याप्त तयारीका साथै सम्भावित खोज, उद्धार, र राहत कार्यका लागि आवश्यक पर्ने सबैखाले पूर्व तयारीमा ध्यान दिन यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ । साथै यो बैठक सम्पूर्ण हाम्रो पार्टी पंक्तिलाई पनि सम्भावित विपद् र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गर्दछ ।

भारतले नेपालको सीमाना नजिकै बनाएको बाँधहरुको कारणले नेपालको तराईको भूभाग डुबानको समस्यामा पर्दै आएको छ । त्यसैले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रुपमा पहल गर्नपनि यो बैठक माग गर्दछ ।

राज्यका सबै अंगमा भ्रष्टाचार, कमिसनतन्त्र, विचौलीयाको दबदबा मौलाएको अवस्थामा बैठक जन चाहनाअनुरुप राज्यका सबै अंग तथा तहहरुमा भ्रष्टाचारको छानबिन गर्न र भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारसमक्ष माग गर्दछ ।

लामो समयदेखि विद्यमान रहेको सुकुम्बासी समस्या समाधानका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समस्या समाधानको पहल गर्न बैठक माग गर्दछ ।

वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्ने, निजामति सेवालाई व्यवस्थित गर्ने, तथा तीनै तहको सरकारबीचका काम र भुमिकालाई व्यवस्थित गर्ने ऐन, कानूनहरु यथाशीघ्र निर्माण गर्न बैठक माग गर्दछ ।

काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरुमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै यो बैठक झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्न माग गर्दछ ।

अमेरिका लगायत पश्चिमा प्रभुत्ववादी शक्तिहरुले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सिर्जना गरेको सुरक्षा संवेदनशीलताले गर्दा रुस र युक्रेनबीच युद्ध भड्किएको छ । यस युद्धले विश्वशान्तिमा गम्भीर असर पारेको छ ।’

प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरुमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्नेकुरा प्राथमिकतामा राख्ने लगायतका १७ वटा निर्णय गरेको बताउनु भयो ।