१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रवीन्द्र अधिकारी स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने

रवीन्द्र अधिकारी स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने
अ अ+ अ-

पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ।
अधिकारीको नाममा स्थापना भएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो । स्व .अधिकारीको तेस्रो स्मृति दिबसका सन्दर्भमा सनिबार पोखरा  मा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा  सो कुराको जानकारी दिइएको हो।

उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारिले उहाँले  विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनता सम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने , बिकासका र पर्यटन क्षेत्रमा  कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन।

उनले पुरस्कार यसबर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरि  शुरूवात  गरिने बताउदै  अधिकारीको जन्म दिन बैशाख  २२  को अबसर पारेर उक्त  पुरस्कार प्रदान गरिने बताइन। प्रतिस्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि त्रिदिबसिय रुपमा मनाउन लागिएको बताए। जसअनुसार फागुन चौध गते दिउँसो ४ बजे  रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम  ,फागुन पन्ध्र गते बिहान आठ बजे  सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली  कार्यक्रम र  सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे ू रबिन्द्र स्मृती दिवस समारोह , फागुन सोर्ह गते बिहान ११ बजे  पृथ्वीनारायण क्याम्पसमा बिध्यार्थी राजनिती ,बिकास र रबिन्द्र अधिकारीू बिषयमा परिसम्बाद कार्यक्रम आयोजना  गरिएको आचार्यले जानकारी दिए।

कार्यक्रममा  प्रतिष्ठानका सदस्य दीपेन्द्र  श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्किका अध्यक्ष बिमला भण्डारी , प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका  संचाकर्मीहरुले रवीन्द्र  अधिकारिले  संचार लगायत  बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।